News Portal

छटपर्वकाे चहलपल सुरु !

हिमाली संचार संवाददाता
७५४ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन ।

विपन्नदेखि सम्पन्न घरपरिवारका मासिनहरु समेत अहिले छठ पर्वका लागि किनमेलमा गर्ने व्यस्त हुन थालेका छन् । अहिले रंगेली, डाईनिया, अमरदह कर्सिया तथा माेरङकाे पुरानो दाेहमना वजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड हुने गरेको छ ।

याे पर्व निष्ठा र विधिपूर्वक मनाइने पर्व रहेको बुढापाकाहरु बताउँछन् । अहिले वजारमा बाँसका डाला, नाङ्लो, ढकिया, माटाको ढक्ना, नरिवल र सख्खर किनमेल गर्न सर्वसाधारणहरु व्यस्त हुन थालेका छन। छट पर्व चार दिनसम्म मनाइने पर्व हाे अाईतबार पहिलो दिन नुहाएर चोखो भई खाने, साेमबार दोस्रो दिन खरना, मंगलबार अस्ताउँदो सुर्य लाई पुजा अाजा गर्ने दिने र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका सामाग्रीहरु बार्ने चलन समेत छ । लाैकाकाे तरकारी खानुपर्ने हुन्छ भने अहिले बजारमा लाैकाकाे रकम समेत अाकासिएकाे स्थानीय प्रकाश साह (गुप्ता) ले बताए । उनले भने केही दिन अगाडि ३० रुपैयामा पाईने लाैका १ सय रुपैयाँ तिरेर किनेकाे बताए । अहिले हरेक सरसामानकाे मुल्य भने अाकासिएकाे स्थानीय बताउँछन्।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...