News Portal

छटपर्वकाे चहलपल सुरु !

हिमाली संचार संवाददाता
७३० पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन ।

विपन्नदेखि सम्पन्न घरपरिवारका मासिनहरु समेत अहिले छठ पर्वका लागि किनमेलमा गर्ने व्यस्त हुन थालेका छन् । अहिले रंगेली, डाईनिया, अमरदह कर्सिया तथा माेरङकाे पुरानो दाेहमना वजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड हुने गरेको छ ।

याे पर्व निष्ठा र विधिपूर्वक मनाइने पर्व रहेको बुढापाकाहरु बताउँछन् । अहिले वजारमा बाँसका डाला, नाङ्लो, ढकिया, माटाको ढक्ना, नरिवल र सख्खर किनमेल गर्न सर्वसाधारणहरु व्यस्त हुन थालेका छन। छट पर्व चार दिनसम्म मनाइने पर्व हाे अाईतबार पहिलो दिन नुहाएर चोखो भई खाने, साेमबार दोस्रो दिन खरना, मंगलबार अस्ताउँदो सुर्य लाई पुजा अाजा गर्ने दिने र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका सामाग्रीहरु बार्ने चलन समेत छ । लाैकाकाे तरकारी खानुपर्ने हुन्छ भने अहिले बजारमा लाैकाकाे रकम समेत अाकासिएकाे स्थानीय प्रकाश साह (गुप्ता) ले बताए । उनले भने केही दिन अगाडि ३० रुपैयामा पाईने लाैका १ सय रुपैयाँ तिरेर किनेकाे बताए । अहिले हरेक सरसामानकाे मुल्य भने अाकासिएकाे स्थानीय बताउँछन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...