News Portal

तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक २५ गते आइतबार, इश्वी सन् २०१८ नोभेम्बर ११ तारिख

हिमाली संचार संवाददाता
६८१ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राका क्रममा वादविवाद भए पनि उद्देश्य पूरा नहुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि सोचेजस्तो प्रगति गर्न नसकिएला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा फाइदा उठाउन सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, हातलागी भएको रकम अरूकाे हातमा पर्न सक्छ। पछिका लागि लगानी गर्नुपर्ला। अचल सम्पत्ति उपयोग गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि आम्दानी तत्काल प्राप्त नहुन सक्छ। अावश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको लाभांश घट्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...