News Portal

नेपाल आदिवासी जनजाती महासंघ कुवेतद्वारा ‘विश्व आदिवासी दिवस अगष्ट ९ मनाउने

हिमालीसंचार संवाददाता
२४० पटक

कुवेत– नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४ कार्यक्रम सम्पन्न गर्ने भएको छ। संयुक्त राष्ट्र संघद्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले आदिवासी दिवस रुपमा मनाउने गर्दछ।

नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा आफु मातहतमा रहेका कुवेतमा कृयाशिल जातिय सस्थाहरुलाई समेटी सोही ‘अगष्ट ९’ तारिख आदिवासी जनजाती समुदायको मौलिक जातिय झाकी, शुभकामना आदान प्रदान एवं मौलिक लोक सास्कृतिक प्रस्तुतीका साथ कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरी दिन सम्पूर्ण नेपाली समुदायलाई यसै मार्फत अनुरोध गरिएको छ ।

विश्वभर छरिएर रहेका आदिवासी समुदायहरुको समस्या लगभग एकै प्रकृतिको भएको महसुस गरी उनिहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा संस्कृति एवं परम्परागत ज्ञान र शिपलाई जगेर्ना गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको बिशेष कार्यदलको पहिलो बैठक सम्पन्न भएको दिन ‘अगस्त ९’
(सन् १९८२, जेनेभा) लाई बिशेष स्मरणीय दिनको रुपमा संयुक्त राष्ट्र संघले ‘विश्व आदिवासी दिवस’ घोषणा गरेको हो । यस् पस्चात नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष रुपमा बिबिध चेतना मुलक कार्यक्रम सहित आदिवासी जनजातिहरूको हक अधिकार, संस्कृति, पहिचानको आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आवद्ध कुवेतमा कृयाशिल जातिय सस्थाहरु;
१) नेपाल मगर संघ, कुवेत
२) तमू समाज, कुवेत
३) नेपाल तमाङ धेदुङ, कुवेत
४) किराँत राई यायोख्खा, कुवेत
५) किराँत याक्थुङ्ग चुम्लुङ्ग, कुवेत
६) सुनुवार सेवा समाज, कुवेत
७) तमू प्ये ल्हु संघ, कुवेत
८) नेवाँ गुठी, कुवेत

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...