News Portal

अन्तर्राष्ट्रिय नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाउने

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिले आगामी असार ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा.जानुका पौडेलले जानकारी दिएकी छन्।

नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन्।

इन्सले गतवर्ष पनि भानु जयन्ती विशेष ढंगले मनाएको थियो। त्यस्तै, अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार ३० गते हुने भानु जयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरिले बताए।

इन्स नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले सक्रिय संस्था हो जसले सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने गरेको छ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...