आज : २०२६-१०-२५, आइतबार

कुवेतमा नेपाली महिलाले गरिन आत्महत्या

कुवेत– कुवेतमा एक नेपाली घरेलु कामदार महिलाले आफ्नै रोजगारदाता (स्पोन्सर)को घरमा झुण्डिएर आत्महत्या गरेकी छन्।

वैदेशिक रोजगारीको लागि घरेलु कामदारमा कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन।

मृतकलाई थप अनुसन्धानका लागि फरेन्सिक परिक्षण विभागमा लगिएको छ भने, घटनावारे स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ।

नेपाली दूतावास कुवेतले घटनाबारे प्रारम्भिक जानकारी आईसकेको जनाउदै मृतकको परिवारसंग सम्पर्क गर्ने प्रयास भईरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाउने जनाएको छ।