
कुबेत -अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सानभन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडियालाई जानकारी दिएको छ।
संखुवासभा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध संखुवासभाको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)को संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो।
कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।
कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४
शुक्रबार स्थान:-खैतानको राजधानी होटल
समय:- बिहान ११ बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
