News Portal

संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने

हिमालीसंचार संवाददाता
३०० पटक

कुबेत -अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सानभन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडियालाई जानकारी दिएको छ।

संखुवासभा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध संखुवासभाको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)को संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो।

कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:

मिति:- अगष्ट ३० तारिक २०२४

शुक्रबार स्थान:-खैतानको राजधानी होटल

समय:- बिहान ११ बजेदेखी

आयोजक:- संखुवासभा समाज कुबेत

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...