News Portal

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने

हिमालीसंचार संवाददाता
२५७ पटक

कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो।

सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ। माधव शाही स्मृति पुरस्कार छनोटका लागि जय आले मगर  संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला  छन।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...