News Portal

नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२४७ पटक

कुवेत– कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो। कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयास जारी रहेको बताएका छन।

नेपालमा लगानीका आकर्षक क्षेत्रहरू ऊर्जा, व्यापार, पर्यटन, कृषि लगायतमा लगानी गर्न आग्रह गर्दै काठमाडौंमा गत अप्रिलमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनको उपलब्धिलाई प्रकाश पार्दै लगानीकर्तालाई अर्को लगानी गन्तव्यका रूपमा नेपाल छनोट गर्न राजदूतले आग्रह गरे।

नेपालका अलैंची, चिया, कफी, अदुवा, पश्मिना सल, हेड स्कार्फ, सुती कपडा, हस्तकला जस्ता प्रमुख नेपाली उत्पादनहरू कुवेत निकासीमा जोड दिने बताएका छन।

कुवेतबाट नेपालमा हुने सम्भावित व्यापार र लगानीका अवसरहरू प्रकाश पार्दै कुवेतको हालको लगानीलाई उजागर गर्दै नेपालमा पर्यटन, यातायात पूर्वाधार, सूचना तथा सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन, स्वास्थ्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको काउन्सेलर सुजनी राणाले बताएकी थिइन । कार्यक्रमको संचालन प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए।

कार्यक्रममा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टका प्रतिनिधि, कुवेतका प्रतिनिधि तथा सम्भावित लगानीकर्ता , स्थानीय पत्रकार, व्यापार तथा व्यवसायी समुदायका सदस्यहरु र एनआरएनए, कुवेतलगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...