News Portal

  • नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    कुवेत– कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो। कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयास जारी रहेको बताएका छन।

    नेपालमा लगानीका आकर्षक क्षेत्रहरू ऊर्जा, व्यापार, पर्यटन, कृषि लगायतमा लगानी गर्न आग्रह गर्दै काठमाडौंमा गत अप्रिलमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनको उपलब्धिलाई प्रकाश पार्दै लगानीकर्तालाई अर्को लगानी गन्तव्यका रूपमा नेपाल छनोट गर्न राजदूतले आग्रह गरे।

    नेपालका अलैंची, चिया, कफी, अदुवा, पश्मिना सल, हेड स्कार्फ, सुती कपडा, हस्तकला जस्ता प्रमुख नेपाली उत्पादनहरू कुवेत निकासीमा जोड दिने बताएका छन।

    कुवेतबाट नेपालमा हुने सम्भावित व्यापार र लगानीका अवसरहरू प्रकाश पार्दै कुवेतको हालको लगानीलाई उजागर गर्दै नेपालमा पर्यटन, यातायात पूर्वाधार, सूचना तथा सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन, स्वास्थ्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको काउन्सेलर सुजनी राणाले बताएकी थिइन । कार्यक्रमको संचालन प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए।

    कार्यक्रममा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टका प्रतिनिधि, कुवेतका प्रतिनिधि तथा सम्भावित लगानीकर्ता , स्थानीय पत्रकार, व्यापार तथा व्यवसायी समुदायका सदस्यहरु र एनआरएनए, कुवेतलगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...