News Portal

कुवेत सरकारको आममाफीमा ३ हजार नेपालीहरू स्वदेश फर्किए

हिमालीसंचार संवाददाता
४५६ पटक

कुवेत– सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए।

मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन्।

अनुमति पत्र लिने सबैले कुवेत छोडेको एकिन विवरण कुवेत आप्रवासनसँग रहेको हुँदा यसै भन्न नसकिए पनि प्रायः स्वदेश गएको जानकारी प्राप्त भएको छ। एम्नेस्टी जारी भएको मितिभन्दा पछि स्पोन्सरको घर छोड्ने तथा कम्पनिबाट भाग्नेहरू जटिल समस्यामा परेका छन्।

कुवेतले एम्नेस्टीमा मार्च १७ भन्दा पहिला गैरकानूनी भएकाहरूले मात्र सहभागिता जनाउन सक्ने प्रावधान बनाएको थियो। तर सही सूचना बिना इलिगल हुदा धेरै नेपाली समस्यामा परेका छन्।

कुवेत सरकारले जारी गरेको एम्नेस्टी रिपोर्ट अनुसार ३५ हजार आप्रवासीहरूले अवसरको सदुपयोग गरेका छन् भने अझै ८५ हजार गैरकानूनी रूपमै रहेको जनाएको छ।

कुवेतले जुन १ देखि गैरकानूनी रूपमा बसोबास गर्ने तथा कानुनको पालना नगर्नेहरूलाई लक्षित गर्दै धरपकट सुरु गरेको छ भने, पक्राउ पर्नेहरूलाई सदाका लागि डिपोर्ट गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...