News Portal

तनहुँ सम्पर्क समाज कुवेतको  १२ जुलाईमा हुने अधिवेशन हुने

हिमालीसंचार संवाददाता
२१९ पटक

कुवेत – तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ। समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ। यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको तयारी तीव्र पारेको छ।

तनहुँका विभिन्न ठाउबाट कुवेत आएर कर्मथलो बनाईरहेका तनहुँङेहरुको हरेक समस्या समाधान गर्ने साथै नेपालमा कृषीमा लगानीलाई प्राथमिकता दिने हुतुले समाजको स्थापना भएको जनाउदै सामाजले पुराना र नयाँ कार्यसमिती सबैलाई समाबेश गर्ने राजेन्द्र रसाईली बिरहीले बताएका छन।

कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन साथै मगर समुदायको कौडा नाचको प्रस्तुति सहित तेश्रो अधिवेशन र विविध सांस्कृतिक कार्यक्रम कुवेतस्थित फर्वानियामा रहेको सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा दिनको ठिक १२ बजेदेखी गर्ने जनाएको छ
। उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत कार्यक्रम संयोजक सोम खत्रीले अनुरोध गरेका छन।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...