News Portal

तनहुँ सम्पर्क समाज कुवेतको  १२ जुलाईमा हुने अधिवेशन हुने

हिमालीसंचार संवाददाता
२३७ पटक

कुवेत – तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ। समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ। यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको तयारी तीव्र पारेको छ।

तनहुँका विभिन्न ठाउबाट कुवेत आएर कर्मथलो बनाईरहेका तनहुँङेहरुको हरेक समस्या समाधान गर्ने साथै नेपालमा कृषीमा लगानीलाई प्राथमिकता दिने हुतुले समाजको स्थापना भएको जनाउदै सामाजले पुराना र नयाँ कार्यसमिती सबैलाई समाबेश गर्ने राजेन्द्र रसाईली बिरहीले बताएका छन।

कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन साथै मगर समुदायको कौडा नाचको प्रस्तुति सहित तेश्रो अधिवेशन र विविध सांस्कृतिक कार्यक्रम कुवेतस्थित फर्वानियामा रहेको सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा दिनको ठिक १२ बजेदेखी गर्ने जनाएको छ
। उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत कार्यक्रम संयोजक सोम खत्रीले अनुरोध गरेका छन।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...