News Portal

अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

हिमालीसंचार संवाददाता
४७४ पटक

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ७१ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४७ पैसा पाइन्छ। सोमबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४१ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ४० पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २८ पैसा र बिक्रीमा २८ रूपैयाँ ४१ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...