News Portal

युएइमा अन्तराष्ट्रिय सेफ सोसाइटी लगायदका संस्थाले तीन नेपालीलाई सम्मान गरे

राम प्रसाद ढुंगेल, युएइ
४१५ पटक

असार-१०, सोमबार/युएइ – वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत तीन जना नेपाली सम्मानित भएका छन्।आफ्नो मिहिनेत, संघर्ष र आत्मविश्वासका कारण सफलताको एक बिन्दुमा पुगेका ताप्लेजुङकी सोनी भण्डारी, गुल्मीकी सरस्वती पौडेल र सुनसरीका श्री भवानी नेपाल सम्मानित भएका हुन् ।

युएइमा रहेका बेला नेपाल र नेपाली श्रमिकहरुको दु:खमा साथ, सहयोग र उद्धारमा सक्रिय रहेको भन्दै अन्तराष्ट्रिय नेपाली समाज, अन्तराष्ट्रिय सेफ सोसाइटी लगायत ६ वटा संस्थाले सम्मान गरेका हुन् । 

साजसेवी व्यक्तित्व बुबा चन्द्रप्रसाद भण्डारी, आमाद्वय धनमाया-देवीमाया भण्डारीकी माइली सुपुत्री,  ताप्लेजुङ जिल्ला  सिर्जगा गाउँपालिका निवासी सोनी भण्डारीको सामाजिक सेवा प्रतिको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको आयोजक संस्था अन्तराष्ट्रिय सेफ सोसाइटीका अबुधाबी अध्यक्ष श्याम सेफले बताएका छन् ।

पछिल्लो समय कला, साहित्यको क्षेत्रमा पाइला राख्दै मनै भरिन्छ बोलको गीतको रचना तथा स्वर दिएर नेपाली साङ्गीतिक क्षेत्रमा उपस्थिति जनाएकोमा सामाजिक सेवा अतिरिक्त साहित्य र साङ्गीतिक क्षेत्रमा पनि पूर्ण सफलताको कामनाको साथमा सम्मान गरिएको आयोजकले सम्मान पत्रमा उल्लेख गरेका छन्। 

युएइको नेपाली समुदायमा सक्रिय थोरै महिला सामाजिक अभियन्तामध्ये एक, ताप्लेजुङ समाज सेवा युएइकी पुर्व अध्यक्ष तथा हाल नेपाल रक्तदाता संघ युएइ तथा इन्स युएइकी उपाध्यक्ष सोनी भण्डारीको शब्द तथा स्वरमा सजिएको नयाँ गीत मनै भरिन्छ गीतको लोकार्पण तथा संयुक्त सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। भण्डारीको गीत सार्वजनिक हुदा सहभागीहरु भावुक समेत बनेका थिए ।  

यसैगरी गुल्मी घर भई युएइ आएर घरेलु कामदारदेखि पार्लर व्यावसाय हुँदै हाल ग्यारेज संचालक भएर फरक व्यावसायका साथमा सामाजिक योगदान गरिरहेकी सरस्वती पौडेललाई पनि अन्तराष्ट्रिय नेपाली समाज लगायतका संस्थाहरुले दोसल्ला ओडाएर कदर पत्रका साथमा  सम्मान गरेको कार्यक्रम संयोजक रामप्रसाद ढुंगेलले बताएका छन् ।

गुल्मी समाज युएइकी उपाध्यक्ष समेत रहेकी पौडेल आफ्नो दैनिक कमाइको निश्चित प्रतिशत रकम छुट्याएर गरिव तथा जेहन्दार छात्रछात्रालाई बर्षेनी छात्रवृत्ति प्रदान गरिरहेकी छन् ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा विगत ९ बर्षदेखि युएईमा श्रमरत कवि/गजलकार तथा सामाजिक अभियन्ता श्री भवानी नेपाल पनि कदर पत्रका साथमा सम्मानित भएका छन् । 

बुवा महेन्द्रप्रसाद नेपाल आमा तारादेवी नेपालका जेठो सुपुत्र “श्री भवानी नेपाल” नेपाल सरकारको आधिकारिक साहित्यिक संस्था नेपाल प्रज्ञा प्रतिस्ठानको ६७औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना भएको “कविता महोत्सव-२०८१” मा वाचनको लागि “उत्कृष्ट २५” मा पर्न सफल भएर डायस्पोराको नेपाली साहित्यको इज्जत उच्च राखेकोमा सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको झापाली समाज युएईका अबुधाबी अध्यक्ष सुर्यबहादुर खवासले जनाएका छन्।

अन्तराष्ट्रिय नेपाली समाज युएइ, अन्तराष्ट्रिय सेफ सोसाइटी युएइ, ताप्लेजुङ समाज सेवा युएइ, सुनसरी समाज युएइ, झापाली समाज युएइ र ओखलढुंगा जागरुक युवा समाजले एउटै मञ्चमा संयुक्त सम्मान गरेका थिए । 

एनआरएनए एनसीसी युएइ अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यमा आयोजना भएको गीत लोकार्पण तथा सम्मान कार्यक्रमको सभापतित्व सुनसरी समाज युएइका अध्यक्ष सुरेन्द्र लामाले गरेका थिए । 

नेपाल पत्रकार महासंघ युएइकी सदस्य तथा युएइका नेपाली समुदायका सबैभन्दा सक्रिय पत्रकार उमाकान्त पाण्डे, पत्रकार कृष्ण कुवर, प्रभु बैकका प्रकाश पौडेल, तनहुँ समाज युएइबाट गणेश बस्नेत, शिशिर थापा, सिन्धुपाल्चोक समाजबाट अध्यक्ष दिपक राउत, ताप्लेजुङ समाज युएइबाट बुद्ध लिङदेन, गुल्मी समाजबाट शंकर ढकाल, झापाली समाज युएइबाट महासचिव लोकेस कोइराला लगायत गजलकार राज यात्री लम्साल, गीतकार दिनेशराज पुरीको उपस्थिति थियो । 

झापाली समाज युएइका अबुधाबी अध्यक्ष सुर्यबहादुर खवासले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित व्यक्तित्व सोनी भण्डारीले ओखलढुंगाका काशीराम दाहाल, गीतकार दिनेशराज पुरी, प्राबिधिक सहयोगी भरत सिंहलगायतलाई मायाको चिनो हस्तान्तरण गरेकी थिइन् । 

अबुधाबीको इलेक्ट्रा रोडमा रहेको बिबिटी रेस्टुरेन्टमा आयोजना भएको कार्यक्रममा रेस्टुरेन्टले स्वादिष्ट नेपाली खाना उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...