News Portal

अस्ताए शिक्षक भीमलाल भुसाल !

हिमाली संचार संवाददाता
५२६ पटक

कमल पौडेल
बागलुङ : भिमगिठे माध्यमिक विद्यालय, बडीगाड ७ मा अध्यापनरत शिक्षक भीमलाल भुसालको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । साबिक दगातुंडाँडा सक्न्यारमा २०२० साल साउनमा जन्मिएका भुसाल सक्न्यार कै एक विद्यालयबाट शिक्षण पेशामा लागेका थिए ।

पन्चायत व्यवस्थाका प्रखर विरोधीको रुपमा चिनिने भुसाल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधी थिए । यस क्षेत्रकै पहिलो हार्मोनियम बादक भुसाल कुशल संगीतज्ञ मात्र नभएर कुशल उद्घोषक र गायक थिए । उनी हिमाली साँस्कृतिक परिवार हुँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीमा रहेर काम गरेका थिए ।

जनवादी प्रगतिशील गायक तथा वामपन्थी नेताको पहिचान बनाएको स्व.भुसाल गत भदौ महिनामा चिप्लिएर लडेपछी शिरमा चोटका कारण भक्तपुर लोकन्थलीमा रहेर उपचार गराईरहेका थिए । कात्तिक २३ गते मर्निङ वाकमा निस्किएका भुसालको हृदयघातका कारण निधन भएको थियो। स्व.भुसालका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...