News Portal

अस्ताए शिक्षक भीमलाल भुसाल !

हिमाली संचार संवाददाता
५११ पटक

कमल पौडेल
बागलुङ : भिमगिठे माध्यमिक विद्यालय, बडीगाड ७ मा अध्यापनरत शिक्षक भीमलाल भुसालको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । साबिक दगातुंडाँडा सक्न्यारमा २०२० साल साउनमा जन्मिएका भुसाल सक्न्यार कै एक विद्यालयबाट शिक्षण पेशामा लागेका थिए ।

पन्चायत व्यवस्थाका प्रखर विरोधीको रुपमा चिनिने भुसाल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधी थिए । यस क्षेत्रकै पहिलो हार्मोनियम बादक भुसाल कुशल संगीतज्ञ मात्र नभएर कुशल उद्घोषक र गायक थिए । उनी हिमाली साँस्कृतिक परिवार हुँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीमा रहेर काम गरेका थिए ।

जनवादी प्रगतिशील गायक तथा वामपन्थी नेताको पहिचान बनाएको स्व.भुसाल गत भदौ महिनामा चिप्लिएर लडेपछी शिरमा चोटका कारण भक्तपुर लोकन्थलीमा रहेर उपचार गराईरहेका थिए । कात्तिक २३ गते मर्निङ वाकमा निस्किएका भुसालको हृदयघातका कारण निधन भएको थियो। स्व.भुसालका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...