News Portal

नेपाल कुवेत साँस्कृतिक मन्चले दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा तिज मनाउने

हिमालीसंचार संवाददाता
३७३ पटक

कुबेत– “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा मनाउने भएको छ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिका “पूर्णकला बीसी”को साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

भने चर्चित लोकदोहोरीगायिका “पूर्णकला बीसी”ले आफ्नो धमाकेदार प्रस्तुति लिएर आउने संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी गराउनुभएकोछ । तिज विशेष साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतमा कृयाशिल नेपाली संघ संस्था, पत्रकार, खेलाडी, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थाहरु लाई कार्यक्रम नजुधाइदिनुहुन पनि मञ्चले हार्दिक अनुरोध गरेको  ।

 

कार्यक्रम विवरण कार्यक्रम

हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम

मिति :- ०६ सेक्टेम्वर २०२४, शुक्रबार

समय :- मध्यान १२:०० बजे

स्थान :- एस्पाएर ईन्डियन स्कुल, जिलिब, कुवेत

आयोजक :- नेपाल कुवेत सांस्कृतिक मन्च

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...