News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  •  नेपाली काङ्ग्रेस नेता धनराज गुरुङ र प्रकाश रसाईली स्नेही कुवेत आउदै

    हिमालीसंचार संवाददाता
    १२३ पटक

    कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन। नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो अधिवेशनका लागि उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आउन लागेको समितिका सल्लाहकार मन्जित राईले जानकारी दिएका छन।

    समितिले अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन । कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो।

    जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपाली श्रमिकहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ।

    कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन।

    प्रतिकृया दिनुहोस्

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका...

    हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

    काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार...

    प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको...

    दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

    काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे...

    भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

    काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ...