News Portal

कुवेतमा तीन किराँती संस्थाद्वारा उभौलि भव्यरुपमा मनाए

हिमालीसंचार संवाददाता
४५९ पटक

कुबेत -भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरु,किरात राईयायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ तथा सांगीतिक कार्यक्रम हिजो मिती ७ जुन २०२४ शुक्रबारको दिन कुबेतको खैतान स्थित राजधानी होटलमा भव्यरुपमा मनाएका छन।

किरातीहरुको आफ्नो महान् राष्ट्रिय चाड सालमा दुई चोटि मनाउने गर्छ। उभौली र उधौली वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

कार्यक्रमको मुख्य आकर्षक नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायक तथा संगीतकार (अनिल कोयी राई)ले आधुनिक देखि पूर्वेली र साकेला गीतहरु गाएर उपस्थित सबै लाई नचाएको थियो। भने साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका तिन किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए।साथमा संस्थाका कलाकारहरु ले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली,कार्यक्रम लाई सुगन्ध भर्ने काम साथै मनोरन्जन दिलएको थिए।

किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष लिला भक्त चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,एनआरएनए आईसिसि सदस्य हरि लावती,रहेका थिए । त्यसैगरी अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार,कलाकार लगायत रहेका थिए ।

राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथी, सभापति र बिषेश अतिथिले सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रम लाई किरात याक्थुङ चुम्लुङ कुवेतका उपाध्यक्ष अमित किराति र किरात राईयायोक्खा कुवेतका महासचिव -रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...