News Portal

बाख्रापालनबाट गाउँमै वार्षिक ८ लाख आम्दानी गर्छन दीपक दाहाल

७३६ पटक

कविराज घिमिरे
धनकुटा : कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका छन् । तर, मिहिनेत र लगनशीलताका साथ काम गर्ने कतिपय भने कृषिबाट आफू त सफल भएका छन् नै अरुलाईसमेत रोजगारी दिन सफल भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकाका दीपक दाहाल विगत ६ वर्षदेखि बाख्रापालन गरिरहेका छन् । पेसाको खोजीमा यहाँबाट विदेश या सहरतिर निस्किएपछि गाउँ नै रित्तिने अवस्थामा पुगेको छ । तर, दीपक भने आत्मविश्वासका साथ गाउँमै व्यवसाय गरिरहेका छन् । बाख्रापालनबाटै आफ्नो सुन्दर भविष्य देखिरहेका छन् ।

५० रोपनी जग्गामा आधुनिक खोर बनाएर करिब २०० बाख्रापालन गरिरहेका उनले गाउँमै रोजगारी र आम्दानीको अवसर भएको उदाहरण दर्शाएका छन् । बाख्रापालन तत्कालका लागि भन्दापनि दीर्घकालीन आम्दानीको स्रोत भएको उनको बुझाइ छ । गाउँघरमा पनि बाटोघाटो र यातायातको सुविधा पुगिसकेकाले उनलाई न त बाख्राका लागि घाँस, दानापानी ल्याउन अप्ठ्यारो छ न त बजारको समस्या नै ।

उनले यसबाट खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा भविष्य नदेखेर विदेश र सहर चहार्नेलाई गाउँमै फर्किएर कृषिमा लाग्न उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...