News Portal

राष्ट्रपति भण्डारीको दसैँ टीका भाइरल भएपछि भाइ टीकामा पत्रकारलाई प्रवेश निषेध !

हिमाली संचार संवाददाता
९३८ पटक

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाएको फोटो खिच्न पत्रकारलाई निषेध गरियो । फोटो खिच्न शीतल निवास पुगेका पत्रकार गेटबाटै फर्काइएका थिए ।

दसैँमा घुँडा टेकाएर राष्ट्रपतिले टीका लगाएको फोटो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यसैका कारण तिहारको टीकाको फोटो खिच्न नदिइएको आशंका गरिएको छ । यद्यपि यो कार्यको पनि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

राष्ट्पति भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिएको राससले जनाएको छ ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...