News Portal

  • युएइको आबुधाबीमा राजदूत क्षेत्रीले गरे बिबिटीको उदघाट्न

    रामप्रसाद ढुंगेल, युएइ
    ४४६ पटक

    जेठ-१२,शनिबार/अबुधाबी – युएइको राजधानी अबुधाबीमा बिबिटी रेस्टुरेन्टको औपचारिक उदधाटन भएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, द्वितीय सचिव भुपेन्द्र घिमिरे, श्रम सहचारी अबिद अन्सारीको उपस्थितिमा बेस्ट बर्गर टाउन रेस्टुरेन्टको औपचारिक सेवा सुरु २३ मे बिहिवारबाट भएको हो ।

    अबुधाबीका नेपाली समुदायमा परिचित नारायण पण्डितले वैदिक बिधिबाट मन्त्रोचारण गरेपछि सपरिवार उपस्थित राजदूत क्षेत्रीले रिवन काटेर रेस्टुरेन्टको औपचारिक उदघाट्न गरेका हुन् ।

    रेस्टुरेन्टका संचालक रामेछापका युवा केशव कार्कीले युएइमा समस्यामा परेका नेपालीहरुको लागि नि:शुल्क सेल्टर तथा खाना उपलब्ध गराइरहेकोमा दूतावासले संचालक कार्कीको सामाजिक उत्तरदायित्वको प्रशसा गरे। युएइमा नेपाली व्यावसायीहरुको उपस्थितिले नेपालकै आर्थिक विकासमा सकारात्मक सहयोग हुने बताउदै राजदुत क्षेत्रीले व्यावसायिक सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

    युएइको नेपाली समुदायमा तुलनात्मक रूपमा सुलभ र गुणस्तरीय खाना उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको उक्त रेस्टुरेन्टले नेपाली अतिरिक्त भारतीय, पाकिस्तानी, फिलिपिन्स खाना पनि उपलब्ध गराउने संचालक केशव कार्कीले जानकारी दिएका छन् ।चिकेन खाना दश दिराममै उपलब्ध गराउने यो रेस्टुरेन्टमा सबै प्रकारका नेपाली म:म: र चाउमीन पनि दस दिराममै कारोबार गर्दछ । 

    उदघाट्न कार्यक्रममा एनआरएनए एनसीसी उपाध्यक्ष फडिन्द्र ढकाल, नेपाल पत्रकार महासंघ सदस्य उमाकान्त पाण्डे, रुपेश अधिकारी, कृष्ण कुवर, प्रभु बैंकबाट प्रकाश पौडेल, हिमालयन बैंकबाट गोकुल ज्ञवाली, ग्लोबल आइएमई बैंकबाट अर्जुन चापागाईं लगायत व्यावसायिक व्यतित्व खगेन्द्र शर्मा, गीतकार दिपराज न्योङ्हाङ लगायत सर्वसाधारण नेपालीहरुको बाक्लो उपस्थितिमा रेस्टुरेन्टले सेवा प्रारम्भ गरेको छ । 

    शुभारम्भ कार्यक्रममा युएईका स्थानीय नागरिकहरु पनि उपस्थित भएर रेस्टुरेन्टको सफलताको लागि शुभकामना दिएका थिए। उदघाटन कार्यक्रमपछि आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रमको संचालन रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले गरेका थिए भने उक्त रेस्टुरेन्टको ग्रुप अफ कम्पनीको रियल स्टेट इन्चार्ज रामप्रसाद ढुंगेलले कम्पनीको बारेमा प्रकाश पार्दै सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...