News Portal

  • आज भाईटिका : वि.सं. २०७५ साल कात्तिक २३ गते शुक्रबार, इश्वी सन् २०१८ नोभेम्बर ९ तारिख

    हिमाली संचार संवाददाता
    ७५३ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। अपराह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य प्राप्त नहुन सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। अपराह्नदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। व्यापार–व्यवसायमा राम्रो फाइदा हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नदेखि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने अावश्यकता पर्न सक्छ। अपराह्नदेखि स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अपराह्नदेखि उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    सामान्य आम्दानी भए पनि काम सम्पादन नियमित नहुन सक्छ। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पढाइलेखाइ बीचमा रोकिन सक्छ। अपराह्नदेखि रोकिएका काम बन्नेछन्। मिहिनेत गर्दा प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यापार–व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा पनि मनग्य लाभ हुने समय छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपराह्नदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानाे प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। अपराह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि सामान्य आर्जन गर्न सकिनेछ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। फाइदा हुने काम प्रारम्भ होला। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजाेर देखिन सक्छ। अरूकाे फाइदाका लागि उपयाेग भइने समय रहेकाले सावधान रहनुहाेला। अपराह्नदेखि स्थितिमा सुधार अाउनेछ भने साथ दिनेहरू भेटिनेछन्। जिम्मेवारी हात पार्ने मौका छ। विशिष्ट व्यक्तिसँग मित्रता गाँस्ने समय छ। पहिलेको मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आँटेको काम बन्नेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। भविष्यमा फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...

    मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

    काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको...