News Portal

  • आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ४५२ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९ तारीख बैशाख कृष्णपक्ष पञ्चमी तिथी पश्चात षष्ठी तिथी पूर्वाषाढा नक्षत्र सिद्ध योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नयाँ मित्रहरुसगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ। तपाईका अचल सम्पतीमा ह्रास आउनाले तपाईका कामको क्षेत्रमा समान्य ढिलाई हुन सक्छ। तपाईको मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता हुन सक्छ। आज परिवारको मार्गदशर्न नमान्दा तपाईका कार्यको क्षेत्रमा अपजस खेप्नु पर्ने देखिन्छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईका आम्दानी मध्यम रहेता पनि तपाईका बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। तपाईका नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट हुन सक्छ। आज तपाईका कुनै पनि निर्णय हतासमा नगर्नुस्। तपाईको दाजुभाई बिच मनमुटाबको सम्भावना रहेको छ। तपाईका कामको क्षेत्रबाट सामान्य झन्जट हुन सक्छ। आज तपाईका महत्वपूर्ण मालसामान हराउन सक्छ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईका जीवन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्ने देखिन्छ। तपाईको बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुने छ। मान्यजनको सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पुर्ण हुने छन्। तपाईका बोलिको प्रभाबको कारण मान्यजनको साथ मिल्ने योग रहेको छ। कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु होला ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका शुभ चिन्तकको बृद्धि हुनाले तपाईका मनमा उत्साह बढ्ने छ। आज परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ। आज तपाईले अरुको पुर्ण विश्वास गर्नाले तपाईलाई आघात दिलाउन सक्छ। तपाईको सञ्चित रकम खर्चको योग रहेको छ। नयाँ कामको थालनी नगरेको राम्रो हुने छ। कामको क्षेत्रबाट सामान्य झन्जट उत्पन्न हुन सक्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईले आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने देखिन्छ। आज बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने देखिन्छ। तपाईका मातृ पक्षको स्वास्थ्यमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्ने देखिन्छ। तपाईले गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ। ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले तपाईका मन उत्साहित रहने देखिन्छ। तपाईको पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला। तपाईका कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुने देखिन्छ। मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईले गरिरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्ने देखिन्छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईका आटँ शाहसको कमीले कार्यमा ब्यबधान हुन सक्छ। प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुने देखिन्छ। तपाईको मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ। तपाईले हतासमा गरेका कार्यले झन्झट दिलाउला सक्छ। तपाईका पारीवारिक सम्बन्धमा सुधार आउने देखिन्छ। तपाईका सामान्य यात्रा हुन सक्छ। आज भोगबिलासमा समय ब्यतित हुने छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज स्वास्थ्यमा आएको खराबिले तपाईका कार्यमा ढिलाई उत्पन्न गराउने सक्ने छ। तपाईलाई सन्तान सम्बन्धी समस्याले सताउन सक्छ। तपाऊले अरुको अनुशरण गर्नाले तपाईलाई समान्य झन्झट वा अपजस हुन सक्छ। तपाईको मनोबिलासिताका सामान खरीद योग रहेको छ। आज दम्पती बिच सामान्य मनमुटाब हुन सक्छ। बाणी तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको राम्रो हुने छ। 

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने देखिन्छ। तपाईका जिद्धि स्वभाव तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना हुन सक्छ। आज सबारी साधनको प्रयोगमा ध्यान दिनु होला। तपाईले सहि निर्णय गर्न नसक्दा तपाईका परिवारमा कलहको सामाना गर्नु पर्ने योग रहेको छ। आज तपाईको व्यपार ब्यवसायमा समय खर्चिदा उत्तम रहने देखिन्छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईले आफ्नो प्रिय ब्यक्तिसगँको बियोगले तपाईको मन निरुत्साहित हुन सक्छ। आज अन्य ब्यक्तिको विश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्ने देखिन्छ। तपाईको लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ। तपाईको मनोबिलासिताका सामान खरिद गर्ने योग रहेको छ । मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने देखिन्छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाइका आम्दानी बृद्धिका लागि विद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक हुने छ। मित्र जनको सहयोगबाट तपाईको मन प्रशन्न हुने छ । तपाऊको बोलिको कारण साथी भाई टाढिन सक्छ। तपाईका आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ। तपाईका मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको स्वास्थ्य सम्बन्धी सामान्य समस्याले तपाईका मनमा तनाब उत्पन्न हुन सक्छ। तपाईले परिस्थिति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले तपाईका कार्य सफल हुने छ। तपाईका परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्न सक्छ। तपाईको मेहनतका कारण राम्रो फल प्राप्त हुन सक्छ। आज तपाईका ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

    जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३...

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal