News Portal

सांसद दवाडी निर्वाचन क्षेत्रको विकास निर्माणमा सक्रियता बढाउदै

हिमाली संचार संवाददाता
८७९ पटक

गोरखा – नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी गाउँको समाजसेवामा व्यस्त हुनुभएको छ। प्रदेश सभामा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडी यतिवेला गाउँगाउँमा पुगेर गाउँको विकास निर्माणमा जुट्नुभएको हो।

यसैबीच सांसद दवाडीले महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ५० हजार, राम्चे आमा समूह सुलिकोट–८ पन्द्रुङ देउरालीलाई २० हजार, सुलिकोट–६ मैलुङमा १५ हजार आर्थिक सहयोग गर्नुभएको छ।

सोही अवसरमा सांसद दवाडीले गोरखाको विकासमा लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

“मैले गोरखाली जनताको भोटका कारण सांसद हुने अवसर पाएको हुँ, गोरखाको विकासमा म पूर्ण रुपमा लाग्नेछु,”–उहाँले भन्नुभयो। सांसद दवाडीको सिरानचोक, सुलिकोट र अजिरकोट गाउँपालिका निर्वाचन क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...