News Portal

अछाममा ५७ वर्षीया महिला बलात्कृत !

हिमाली संचार संवाददाता
५४४ पटक

मेनुका ढुंगाना : अछाममा ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।

कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको कान्तिपुरमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...