News Portal

भाटभटेनी सुपरमार्केटमा विभागको छड्के, दुधजन्य खाद्यवस्तु बिक्री वितरणमा रोक

६७८ पटक

काठमाडौं : सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।

भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । तिहारमा अत्याधिक विक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य वस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दुधजन्य वस्तु गुणस्तरहिन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीनवटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीनवटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य वस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय  टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्य–मुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्यवस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ रातोपाटिले खबर लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...