News Portal

आज बैशाख-९ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
३०१ पटक

श्री शाके १९४६ विस २०८१ साल बैशाख ९ गते आइतबार इश्वी सन् २०२४ अप्रिल २१ तारीख चैत्र शुक्लपक्ष त्रयोदशी तिथी उत्तरफाल्गुनी नक्षत्र व्याघात योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मित्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु प्रदोष व्रत महावीर जयन्ती॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आत तपाईको मनको चञ्चलताले कार्य क्षेत्रमा व्यवधान प्राप्त हुने देखिन्छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने योग रहेको छ। तपाईले सहि निणर्य गर्न नसक्नाले तपाईको सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईका लागि सन्तान सुख प्राप्त हुने छ। सामान्य चोटपटक सहनु पर्ला। नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ। तपाईका बौद्धिक क्षमतामा बृद्धि हुने देखिन्छ।  तपाईको मनमा चञ्चलताले बास गर्ने छ ।  तपाईको निणर्य गर्ने क्षमतामा बृद्धि हुने देखिन्छ। अरुको विश्वास गर्नाले धोका हुन सक्छ। तपाईको आम्दानि क्षेत्र सबल रहेता पनि तपाईको स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के,  को, ह – तपाईको प्रेम सम्बन्धमा सुधार आउने देखिन्छ।  तपाईको आम्दानी हुने योग रहेको छ। कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ। तपाईको सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला। कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन। सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका यात्रा हुनसक्ने सम्भाबना रहेको छ। तपाईको मित्रजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। तपाईको एक्लो निणर्यले दाजुभाई बिच मनमुटाब रहन सक्ला। तपाईका कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानसिक चिन्ता दिलाउने छ। तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने छन्।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईको बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईने देखिन्छ। तपाईको खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्ने देखिन्छ। तपाईको मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ। तपाईको मान्यजनको सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ। चपाईको मातृ पक्षको सहयोले बौद्धिक विकासमा जुट्ने समय रहेको छ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको पारीवरिक सुख प्राप्त हुने देखिन्छ। तपाईका निणर्य गर्ने क्षमतामा बृद्धि हुने देखिन्छ । ईज मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च  बढ्न सक्ने छ। तपाईको सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुने देखिन्छ। तपाईका शारीरिक आलस्यले सताउन सक्छ। तपाईका पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य शिद्धि हुने योग रहेको छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको खर्च बढ्ने सम्भाबना रहेको छ। कुराकाट्नेहरुको बृद्धि हुने देखिन्छ। परोपकारको क्षेत्रमा मन जाने छ । नजिकका मित्रबाट धोका हुन सक्छ। प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ। ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ। कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला। तपाईको बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ । तपाईको शारीरिक आलस्यले सताउन सक्छ। नयाँ कार्य क्षेत्रको लागि लगानि गर्ने समय रहेको छ। मित्रजनको सहयोग प्राप्त हुने छ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईले गरेका कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। तपाईका मनमा सामान्य चिन्ताले सताउन सक्छ। तपाईका भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ। तपाईका ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउने देखिन्छ। आज साधारण खर्च भएतापनि तपाईको दिन मध्यम रहेको छ। तपाईका पारीबारिक सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने देखिन्छ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका मनोबिलासिताका सामान खरीद योग रहेको छ। तपाईका दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार हुने छ। तपाईलाई शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ। आज तपाईका आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ।  धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने देखिन्छ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको स्वास्थ्य सम्बन्धि समस्याको कारण तपाईको मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला। तपाईको बोलिको कारण साधारण समस्या आउन सक्ने छ । तपाईका आम्दानी क्षेत्र सबल रहेको छ। तपाईका शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ। आज गायन क्षेत्रमा अभिरुची जाग्ने योग रहेको छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – तपाईको मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ। तपाईको ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ। तपाईको मनोबिलासिताका सामान खरीद योग रहेको छ। मित्रजनहरु बिचको भेटघाटले तपाईको मन प्रशन्न रहने छ। तपाईका परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...