News Portal

युएईमा उदय-मनिला गुन्जिए

रामप्रसाद ढुंगेल, युएइ
५०२ पटक

बैशाख-२, आइतबार/युएइ – नेपाली नयाँ वर्षको अवसरमा नेपाली सुगम सङ्गीतका लोकप्रिय गायकगायिका उदय र मनिला सोताङ युएईमा गुन्जिएका छन्। युएईका दुबई र राजधानी अबुधाबी दुबै शहरमा उदय र मनिलाले आफ्ना प्रस्तुति दिएर नेपालीहरुलाई रमाइलो साङ्गीतिक माहोल सिर्जना गर्न सफल भएका छन् ।

नेपाली डिउड र जात्रा द इभेन्ट्सको आयोजनामा भएको उक्त साङ्गीतिक कार्यक्रममा उदय र मनिलाले करिब १ दर्जन गीतहरु गाएर दर्शकहरुलाई पुर्ण मनोरञ्जन दिलाएका थिए । 

गत १२ अप्रिल शुक्रबार दुबईको एस फोर्टी सेभेन क्लबमा उदाय र मनिला गुन्जिएका थिए भने त्यसको लगत्तै भोलिपल्ट १३ अप्रिल शनिबार अबुधाबीको टुरिष्ट क्लबकौ दाना होटलमा शुभकामना आदानप्रदानका साथमा उदय/मनिलाले आफ्ना कालजयी गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा डिजे शेर्पिनी र गायक आशिषले पनि आफ्नो प्रस्तुति राखेका थिए । 

उदय मनिलाले उकाली चढौला, ओराली झरौला, देखि अलिअली, हजार जुनीसम्म हुँदै भिज्यो सिसानी रातमा लयायत आफ्ना गायनयात्राका लोकप्रिय १२ वटा गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल  भए। उनीहरूले केही हिन्दी गीतहरू गाएर नयाँ वर्षको पहिलो रातलाई गुल्जार बनाएका थिए । परिवारका सदस्यसहित आएका दर्शकदीर्घामा महिलाहरुको उपस्थिति बाक्लो थियो। सुगम गूत संगीतका पारखीहरुले उदय र मनिलालाई कहिले गायर र कहिले नाचेर साथ दिएका थिए । 

गायक उदयले बीचबीचमा मनिलासँगका प्रेम कहानीदेखि साङ्गीतिकयात्राका छोटाछोटा किस्सा सुनाएर त्यो सागीतिक रातलाई थप उल्लासमय बनाएका थिए । आयोजक निमा शेर्पाले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिदै सुगम संगीतलाई माया गर्ने सबैलाई आभार व्यक्त गरे भने गायक राजु लामाको एकल प्रस्तुति हुन लागेको जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...