News Portal

युएईमा उदय-मनिला गुन्जिए

रामप्रसाद ढुंगेल, युएइ
४८७ पटक

बैशाख-२, आइतबार/युएइ – नेपाली नयाँ वर्षको अवसरमा नेपाली सुगम सङ्गीतका लोकप्रिय गायकगायिका उदय र मनिला सोताङ युएईमा गुन्जिएका छन्। युएईका दुबई र राजधानी अबुधाबी दुबै शहरमा उदय र मनिलाले आफ्ना प्रस्तुति दिएर नेपालीहरुलाई रमाइलो साङ्गीतिक माहोल सिर्जना गर्न सफल भएका छन् ।

नेपाली डिउड र जात्रा द इभेन्ट्सको आयोजनामा भएको उक्त साङ्गीतिक कार्यक्रममा उदय र मनिलाले करिब १ दर्जन गीतहरु गाएर दर्शकहरुलाई पुर्ण मनोरञ्जन दिलाएका थिए । 

गत १२ अप्रिल शुक्रबार दुबईको एस फोर्टी सेभेन क्लबमा उदाय र मनिला गुन्जिएका थिए भने त्यसको लगत्तै भोलिपल्ट १३ अप्रिल शनिबार अबुधाबीको टुरिष्ट क्लबकौ दाना होटलमा शुभकामना आदानप्रदानका साथमा उदय/मनिलाले आफ्ना कालजयी गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा डिजे शेर्पिनी र गायक आशिषले पनि आफ्नो प्रस्तुति राखेका थिए । 

उदय मनिलाले उकाली चढौला, ओराली झरौला, देखि अलिअली, हजार जुनीसम्म हुँदै भिज्यो सिसानी रातमा लयायत आफ्ना गायनयात्राका लोकप्रिय १२ वटा गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल  भए। उनीहरूले केही हिन्दी गीतहरू गाएर नयाँ वर्षको पहिलो रातलाई गुल्जार बनाएका थिए । परिवारका सदस्यसहित आएका दर्शकदीर्घामा महिलाहरुको उपस्थिति बाक्लो थियो। सुगम गूत संगीतका पारखीहरुले उदय र मनिलालाई कहिले गायर र कहिले नाचेर साथ दिएका थिए । 

गायक उदयले बीचबीचमा मनिलासँगका प्रेम कहानीदेखि साङ्गीतिकयात्राका छोटाछोटा किस्सा सुनाएर त्यो सागीतिक रातलाई थप उल्लासमय बनाएका थिए । आयोजक निमा शेर्पाले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिदै सुगम संगीतलाई माया गर्ने सबैलाई आभार व्यक्त गरे भने गायक राजु लामाको एकल प्रस्तुति हुन लागेको जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...