श्री शाके १९४६ विस २०८१ साल बैशाख १ गते शनिबार इश्वी सन् २०२४ अप्रिल १३ तारीख चैत्र शुक्लपक्ष पञ्चमी तिथी मृगशिरा नक्षत्र शोभन योग कौलव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा वज्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु वैशाख संक्रान्ति नववर्षारम्भ, टोखाको सपन तीर्थमास्नान, नववर्षारम्भ, चम्पादेवीमेला, भक्तपुरमा विस्केटकोलिङ्गोढाल्ने, विस्केटजात्रा, खाँयुसन्हु॥
– ज्यो.पं सरोज घिमिरे
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ। आज तपाईको संचित रकम खर्चगर्नुपर्ने सम्भावना रहेको छ। वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेको छ। भोजभतेर जन्य कार्यमा सहभागिताको योग रहेको छ। सभासम्मेलनमा सहभागिताको समय रहेको छ।
बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ। तपाईको पारीवारिक सहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिने छ। आज तपाईको प्रेम सम्बँन्धमा मधुरता छाउने छ। तपाईको अध्ययन अध्यापनमा खर्चेका अधिक समय महत्वपूर्ण रहने छ। तपाईको शिप तथा क्षमताका आधारमा सम्पादित कार्यहरु सम्पादित रहने छन्।
मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। तपाईका यात्राका क्रममा सामान्य तनाव उत्पन्न हुन सक्ने देखिन्छ। तपाईले गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला। तपाईका मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले विशेष सजग रहनु होला। आज तपाईलाई आर्थिक झमेलाले सताउन सक्ने योग रहेको छ ।
कर्कट राशि: हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहने छ। तपाई रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको आय आर्जनका क्षेत्रमा मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहने छ। नयाँ कार्यको थालनिले तपाईको मन प्रशन्न रहेन छ। तपाईका बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्ने छन्।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, ट – तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ। तपाईका मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन्। आज तपाई सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त हुन सक्छ। आज सामान्यकार्यका निम्ति अधिक श्रम खर्चनु परे पनी तपाईका कार्य सम्पादनको उत्तम श्रेय प्राप्त हुनाले तपाईको मन प्रशन्न रहने छ ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईका मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने देखिन्छ। तपाईका मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला। तपाईका मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुने छ। आज गैर ब्यतिहरुद्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले तपाईका मन प्रशन्न हुने देखिन्छ।
तुला राशिः र,रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको शारीरिक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्ने छ। आज खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ। तपाईका नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने छ। नयाँ लगानिका क्षेत्रमा विशेष सजगरहनु पर्ने समय रहेको छ। तपाईका यात्रामा सजग रहनु होला ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्ने छ। तपाईको ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहने छ। आज तपाईका साजेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ। आज तपाईका आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने छन्। तपाईको मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने देखिन्छ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका प्रतिस्पर्धा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने छ। तपाईका शुभचिन्तकहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । तपाईका नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहनेछन। तपाईको मित्रजनरुको प्रशन्नताका निम्ति समय ब्यतित गर्नु पर्ने छ। आज खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने देखिन्छ ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको देखिन्छ। तपाईको अध्ययन अध्यापनका माध्यमबाट आम्दानिका निम्ति दिर्घकालिन श्रोतहरु फेला पर्ने देखिन्छ। तपाईको बौद्धिक तथा विशिष्ट ब्यत्तिहरुको रायसल्लाहले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेको छ। तपाईका पुराना मित्रजनहरु सगँको भेटघाटले तपाईका मन प्रशन्न रहने छ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको सहयोगमा भने कमि महसुस हुने छ। आज भुमि तथा वाहान सुख प्राप्त हुने छ। तपाईका भौतिक साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ। तपाईका मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ।
मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाई सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने छन्। तपाईका मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने छ। तपाईले धार्मिक यात्राको सम्भावना रहेको छ। तपाईको प्रतिस्पर्धीहरु कमजोर रहनाले तपाईलाई कार्य क्षेत्र सहज बन्ने देखिन्छ। तपाईका जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ।