News Portal

गण्डकी प्रदेश सरकारबारे सर्वोच्चकाे दुई आदेश जारी

हिमालीसंचार संवाददाता
५२२ पटक
२०८० चैत्र २८ गते बुधबार

काठमाडौं। गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेश पनि जारी गरेको छ।

बुधवार सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको छ।

नेपाली कांग्रेसका तर्फबाट तत्कालीन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए। उनले खगराज अधिकारी नेतृत्वमा सरकार असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सभामुखलाई समेत जोडेर अधिकारीले बहुमत दाबी गरेको कांग्रेसको आरोप। रिटमा कागजात झिकाउन तथा वैशाख १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न पनि भनिएको छ।

अदालतले वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई समेत भनेको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...