श्री शाके १९४५ विस २०८० चैत्र २७ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल ९ तारीख चैत शुक्लपक्ष प्रतिपदा तिथी रेवती नक्षत्र पश्चात अश्विनी वैधृति योग किंस्तुघ्र करण चन्द्रमा मीन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु संवत्सरशुरु तेललगाउने नीमकोपातखाने चोभारमा आदिनाथस्नान चौवाहान्हव॥
ज्यो.पं सरोज घिमिरे
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ। तपाईका नयाँकार्य थालनिको योग रहेको छ। सामाजिक कार्यमा सहभागिता जनाउने उत्तम समय रहेको छ। आज ब्यपार ब्यवसायमा समय उत्तम रहने देखिन्छ। तपाईका दाम्पत्य सम्बन्धमा सुधार आउने छ। आज प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ। तपाईका अधुराकार्यहरु सुचारु गर्न समयले विशेष समय राम्रो देखिन्छ।
बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईका खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल हुनाले तपाईका कार्य सम्पादनमा साबधान अपनाउनुस्। आज मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने देखिन्छ। तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ। सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने दिन रहेको छ।
मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका प्रतिस्पर्धामा अबल रहने छ। आय मुलक कार्यको थालनी हुने देखिन्छ। तपाईका नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्ने छ। अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ। तपाईका पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। तपाईका मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मदत पूग्ने छ।
कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको परीश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नता हुने छ। आज मान्यजनको सहयोगको कमी महसुस हुने छ। तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला। तपाईका पारीवारको सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने छ।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। आज पराक्रममा बृद्धि हुने देखिन्छ। तपाईका नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ। तपाईका मनोबिलासिताका सामान खरीद योग रहेको छ। तपाईका दाजुभाई तथा इष्टमित्र बिच सम्बन्ध सुधार आउने छ ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – वाणीका कारण सामान्य वादविवाद आईपर्न देखिन्छ। तपाईका नजिकका साथी-भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्छ। शारीरिक अस्वस्थाको सामना गर्नु पर्ला । तपाईले गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ । तपाईको मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने देखिन्छ।
तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – तपाईको मान्यजनको सहयोगको कमी महसुस हुने छ। तपाईको भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्ने देखिन्छ। तपाईका ब्यापार ब्यवसायमा साजेदारी नगरेको राम्रो हुने छ । आज शारीरिक आलस्यताले सताउन सक्छ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका यात्राका निम्ति सामान्य खर्च हुने देखिन्छ। तपाईका प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा हुने छ। तपाईका स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्न सक्छ। गैर ब्यक्तिको पूर्णविश्वास नगरेको राम्रो हुने छ। आज तपाईको घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्ने छ। सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न हुने छ। तपाईको पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुने छ। सामान्य संघर्ष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्न सक्छ । बिद्यार्थी वर्गका लागि दिन उत्तम रहेको छ। तपाईका रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा गर्ने छ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । तपाईको ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। तपाईले प्रतिक्षा गरेका कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहने छ ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको निर्णय गर्ने क्षमतामा कमि आउने देखिन्छ। नयाँ कार्य थालनिका निम्ति तपाईको आट र साहशको कमी महसुस हुने छ। तपाईका शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले कार्य सहज हुने छ। आज सामान्य खर्च भएता पनि मनमा चिन्ता भने हुने छैन। तपाईका मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्छ ।
मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन। सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। आज विशेष तपाईको बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ। आजको समय स्थीर क्षेत्रमा गरिएको लगानिको उत्तम प्रतिफल प्राप्त हुने योग रहेको छ ।