News Portal

रुकुममा १० किलो चरेश सहित ३ जना पक्राउ

६४९ पटक

धनवीर दाहाल
रुकुम : दश किलो अबैध लागु औषध चरेश सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं १३ भल्म भन्ने स्थानबाट १० किलो लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चरेश सहित आठबिसकोट नगरपालिका वडा नं ९ राडी बजारका इन्द्र चन्द र कर्णबहादुर शाही तथा सल्यान सिद्धकुमाख गाँउपालिका ढोरचौरका हिक्मत बुढाथोकीलाई पक्राउ गरेको छ ।

यसै गरी उनीहरुबाट नगद ४३ हजार रुपैंया, सानो तराजु २ थान, डिजिटल स्प्रिङ तराजु १ थान, नाप तौल गर्ने पुरानो सिक्का १७ वटा, र आधा के.जीको ढक एक थान बरामद गरेको हो ।

बिशेष सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरोको टिम र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षक ऋिसी ढुंगाना नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । पक्राउ गरेकाहरुको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...