News Portal

रुकुममा १० किलो चरेश सहित ३ जना पक्राउ

६७२ पटक

धनवीर दाहाल
रुकुम : दश किलो अबैध लागु औषध चरेश सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं १३ भल्म भन्ने स्थानबाट १० किलो लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चरेश सहित आठबिसकोट नगरपालिका वडा नं ९ राडी बजारका इन्द्र चन्द र कर्णबहादुर शाही तथा सल्यान सिद्धकुमाख गाँउपालिका ढोरचौरका हिक्मत बुढाथोकीलाई पक्राउ गरेको छ ।

यसै गरी उनीहरुबाट नगद ४३ हजार रुपैंया, सानो तराजु २ थान, डिजिटल स्प्रिङ तराजु १ थान, नाप तौल गर्ने पुरानो सिक्का १७ वटा, र आधा के.जीको ढक एक थान बरामद गरेको हो ।

बिशेष सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरोको टिम र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षक ऋिसी ढुंगाना नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । पक्राउ गरेकाहरुको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...