News Portal

कांग्रेसको उपसभापतिमा गच्छदार मनोनित

हिमाली संचार संवाददाता
४९६ पटक

कात्तिक २०, काठमाडौं : मंगलबार बसेको कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

कांग्रेस सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता नदिएको आरोप खेपिरहेका बेला मंगलबार गच्छदारलाई उपसभापति बनाएका हुन् । चुनावको मुखमा लोकतान्त्रिक फोरमलाई आफ्नो मातृपार्टी नेपाली कांग्रेसमा मिसाए पनि गच्छदार अहिलेसम्म जिम्मेवारीविहीन थिए ।

पार्टी एकीकरणका बेला सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने आश्वासन दिएको चर्चा चलेको थियो । यसवीचमा खुमबहादुर खड्का पनि उपसभापतिका दाबेदार थिए । यसैवीच गत चैत्रमा खड्काको निधन भएपछि देउवाले गच्छदारलाई उपसभापति बनाउन सहज भएको कांग्रेस नेताहरु बताउँछन् ।

पार्टीले गच्छदारलाई ढीलो गरी उपसभापतिको जिम्मेवारी दिए पनि लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका धेरै नेता-कार्यकर्ताहरु अहिलेसम्म जिम्मेवारीविहीन बनिरहेका छन् ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ । समितिले अागामी कार्य समिति बैठकमा पार्टी एकतासम्बन्धी विधि तय गरेर प्रतिवेदन पेश गर्ने छ ।

यसैवीच, गच्छदारलाई उपसभापति बनाइएकोमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले असन्तुष्टि प्रकट गरेको छ । गच्छदारको नियुक्ति विधि र प्रक्रिया मिचेर गरिएको पौडेल समूहको आरोप छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...