News Portal

  • आज चैत्र-११ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल विशेष
    ८७८ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र ११ गते आइतबार इश्वी सन् २०२४ मार्च २४ तारीख फाल्गुनशुक्ल पक्ष चतुर्दशी तिथी पश्चात पूर्णिमा तिथी पूर्वफाल्गुनी नक्षत्र पश्चात उत्तरफल्गुनी गण्ड योग भद्रा करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशीमा आनन्दादि योगमा छत्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु पूर्णिमाव्रत, भद्रापछि चीरदाह, पहाडमाहोली, तोरन्लपर्व विश्व क्षयरोग दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको अनावश्यक खर्चको सम्भावना रहेको छ। तपाइको कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ। आज तपाईको स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने देखिन्छ। तपाइले हर कसैको विश्वासमा नपरेको राम्रो हुने छ। तपाईको कुराकाट्नेहरुको बृद्धि हुन्छ। आज तपाईको परोपकारको क्षेत्रमा मन जाने छ। आज तपाईलाई नजिकका मित्रबाट धोका हुन सक्छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज आफुभन्दा सानाको सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुने देखिन्छ। तपाईका अध्ययन अध्यापनमा उत्तम समय रहेको छ। नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुने छ । आज आर्थिक क्षेत्र सबल रहने छ। तपाईको बौद्धिक ब्यक्तित्वहरुको सहयोगले तपाईका कार्य सम्पादनमा विशेष फाईदा हुने छ । आज तपाईलाई शारीरिक आलस्यले सताउन सक्छ ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज पारीवारिक सहयोगमा बृद्धि हुने छ। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेको छ। नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहने छ ।तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य व्यक्तिहरुले प्राप्त गर्ने छन्। आज दाजु-भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने देखिन्छ। आज तपाईलाई शारीरिक आलस्यताले सताउन सक्ने छ। तपाईले लगानी गर्दा विशेष होस पुऱ्याउनु पर्ने समय रहेको छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको थीर क्षेत्रमा गरीएको लगानी उत्तम साबित रहनेछ। तपाईको भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ। मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन। तपाईको आम्दानी मध्यम रहने समय रहेकोछ। मनोबिलासिताका सामान खरिद गर्ने योग रहेको छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – स्वास्थ्यको क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेकोछ। विश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ। आज बाणीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्नेछन। मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्नेछ। ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईले गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुने देखिन्छ । आज तपाईको ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ। पारीवारिक सहयोग प्राप्त रहनेछ। अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । तपाईको मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने योग रहेको छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – मित्रजनहरुको सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुनेछ। तपाईको सामान्य चोटपटक सहनु पर्ला। नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ। निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ। आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुने योग रहेको छ। मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्छ । आज सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला। कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेको छ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ । आज अरुद्वारा गरीएको कार्यहरुको कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्ने छ। कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानशिक चिन्ता दिलाउने छ। तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्छ। आज खानपानका कारण तपाईको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। तपाईको बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। तपाईको मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने देखिन्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – तपाईको बौद्धिक ब्यत्तित्वहरुको सहयोग प्राप्त रहने छ। तपाईको अध्ययन अध्यापनमा उत्तम समय रहेको छ। तपाईको आय आर्जनका निम्ति समय राम्रो रहेको छ। आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने देखिन्छ । आज तपाईको पारीवरिक सुख प्राप्त हुने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ। आज तपाईको मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने छ। 

    प्रतिकृया दिनुहोस्

    जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन...

    १८ वर्षपछि सडक कालोपत्र

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका...

    मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

    विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका...

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal