News Portal

३ महिनामा १ अर्ब ८८ करोडको आइपिओ निश्काशनको अनुमति ,हकप्रद निश्काशन भने घट्यो

हिमाली संचार संवाददाता
६४३ पटक

काठमाडौं–नेपाल धितोपत्र बोर्डले ३ महिनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिएको छ ।

२५ वटाले आइपिओ निश्काशनको माग राख्दै अनुमति दिएकोमा ३ वटा जलविद्युत र एउटा लघुवित्त गरी चारवटा संस्थालाई सो रकम बराबरको आइपिओ निश्काशनको अनुमति दिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा एउटामात्र कम्पनीलाई १ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिइएको थियो ।

१० वटा पुनरावलोकनको प्रक्रियामा रहेको र २ वटा संस्थालाई थप कागजात पेश गर्न समेत निर्देशन दिएको छ भने प्रक्रियामा रहेका ४ वटालाई निश्काशनको लागि सूचित गराइएको छ ।

एउटा संस्थाको भने विवरणपत्र अध्ययन गरेर सुधारका लागि पुन सुचित गरेको बोर्डले जनाएको छ । प्रक्रियामा रहेका २५ मध्ये यो त्रैमाससम्ममा ११ वटा संस्थाले आइपिओका लागि निवेदन दिएका थिए ।

इता हकप्रद निष्काशनमा भने यो त्रैमासमा कमी आएको छ । यस अवधिमा २ वटा संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएको समेत गरी जम्मा ११ वटा संगठित संस्थाहरुको निवेदन प्रकृयामा रहेका थिए ।

गत आ.व. को सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्यााइसकेकाले हकप्रद सेयर निष्काशनमा कमी आएको बोर्डले भनेको छ । यस अवधिमा १६ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको निष्काशनको लागि बोर्डले अनुमति दिएको छ ।
यस्तै यस अवधिमा बोर्डले २ वटा संगठित संस्थालाई .३ अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...