News Portal

३ महिनामा १ अर्ब ८८ करोडको आइपिओ निश्काशनको अनुमति ,हकप्रद निश्काशन भने घट्यो

हिमाली संचार संवाददाता
६६१ पटक

काठमाडौं–नेपाल धितोपत्र बोर्डले ३ महिनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिएको छ ।

२५ वटाले आइपिओ निश्काशनको माग राख्दै अनुमति दिएकोमा ३ वटा जलविद्युत र एउटा लघुवित्त गरी चारवटा संस्थालाई सो रकम बराबरको आइपिओ निश्काशनको अनुमति दिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा एउटामात्र कम्पनीलाई १ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिइएको थियो ।

१० वटा पुनरावलोकनको प्रक्रियामा रहेको र २ वटा संस्थालाई थप कागजात पेश गर्न समेत निर्देशन दिएको छ भने प्रक्रियामा रहेका ४ वटालाई निश्काशनको लागि सूचित गराइएको छ ।

एउटा संस्थाको भने विवरणपत्र अध्ययन गरेर सुधारका लागि पुन सुचित गरेको बोर्डले जनाएको छ । प्रक्रियामा रहेका २५ मध्ये यो त्रैमाससम्ममा ११ वटा संस्थाले आइपिओका लागि निवेदन दिएका थिए ।

इता हकप्रद निष्काशनमा भने यो त्रैमासमा कमी आएको छ । यस अवधिमा २ वटा संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएको समेत गरी जम्मा ११ वटा संगठित संस्थाहरुको निवेदन प्रकृयामा रहेका थिए ।

गत आ.व. को सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्यााइसकेकाले हकप्रद सेयर निष्काशनमा कमी आएको बोर्डले भनेको छ । यस अवधिमा १६ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको निष्काशनको लागि बोर्डले अनुमति दिएको छ ।
यस्तै यस अवधिमा बोर्डले २ वटा संगठित संस्थालाई .३ अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...