News Portal

  • देवकोटाको १०९ औँ जन्मजयन्तिमा साहित्यीक कार्यक्रम

    हिमाली संचार संवाददाता
    ९१५ पटक

    प्रविन शाही/दुल्लु
    दैलेख : “ दुल्लु साहित्य प्रतिस्ठान दुल्लुले महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०९औँ जन्म जयन्तिको शुभ अबसर पारेर आज दुल्लुमा साहित्यीक कार्यक्रम गरेको छ ।

    वि.सं. १९६६ कार्तिक२७ गते शुक्रबारका दिन काठकाडौँको धोबिधारामा पिता तिलमाधब देवकोटा र माता अमर राज्यलक्ष्मि देविका तेस्रो पुत्रका रुपमा जन्म लिएका बहुमुखि प्रतिभाका धनि देवकोटा थुप्रै कथा , कविताहरु सबैको मनमा बस्न सफल भयका छन । सबैले बुज्न सक्ने र सरल तरीकाले नेपाली साहित्यको रुपलाई अब्बल बनाउनमा देवकोटाको ठुलो योगदान देखियको छ ।

    कार्यक्रममा प्रमुख अतिथी एवम दुल्लु नगरपालीका वडा नं.५ का वडाध्यक्ष प्रेम बहादुर थापाले देवकोटाका केही कविताका सार भन्दै देवकोटाको ”मानिस ठुलो दिलले हुन्छ जातले हुदैन “भन्ने भनाईलाई मनन गर्दै थै देवकोटाका कथा ,कविताले हरेक ठाउपरीवेश अनुसारसबैमा मेलखाने गर्दछन । दुल्लु साहित्य प्रतिस्ठानले पनि देवकोटा जस्तै शाहित्यको माध्यमबाट यो ठाउँलाई चिनाउन आग्रह गर्नुभयको छ ।

    त्यस्तै कार्यक्रका अध्यक्ष भुपेन्द्र प्रसाद उपाध्यले देवकोटाको जिवनिको टिप्पोणी गर्दै आफ्ना केही शाहित्य शिर्जना वाचन गर्नुभयको थियो । साथै” हराउदै गरेका दुर्लभ बस्तु ,सम्पदा ,पाटि ,पौवा लगाएत हराउदा बस्तुलाई साहित्य मार्फत देशैभरी चिनाउन अग्रसर रहने बताउनुभयो । देवकोटा जस्तै अडिग भयर अगाडि बड्न साहित्य विद्धहरुलाई आग्रह गर्दै देवकोटा कार्तिक २७ गते जन्मे पनि शुभ दिन र तिहारको अबसर पारेर कार्यक्रम गरीयको अध्यक्ष उपाध्यले बताउनुभयो” ।

    कार्यक्रममा उपस्तिथ केही व्यक्तीले देवकोटाको योगदानलाई मनन गर्दै गजल ,मुक्तक ,कवि, र हरेक भावमा नेपाली साहित्यको पोल खोलेका थिए ।

    कार्यक्रममा शिक्षक ,बुद्धिजिवी , पत्रकार , वडाका वडा अध्यक्ष , व्यापारी र युवा पङ्तिहरुको उपस्तिथ रहेको थियो । देवकोटाको फोटोभरी पुष्पगुच्छाको माला लगाएर सम्मान गरीएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...