News Portal

  • आज काग तिहार : वि.सं.२०७५ साल कात्तिक १९ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख

    हिमाली संचार संवाददाता
    ८०३ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अलमल हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला। सन्तान र सहयोगीका माध्यमबाट काम बन्नेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। पारिवारिक असमझदारीले महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। आफन्तको सहयोगले काम बन्न सक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। तर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सोखले खर्च बढाउनेछ। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा र अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। जमघटमा आफन्तसँग केही मतभेद हुन सक्छ। स्वास्थ्यका कारण लामो समय काममा जुट्न नसकिएला। मिहिनेत गर्दा रोकिएको काम बन्न सक्छ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होश नपुग्नाले खर्च बढ्नेछ। लगानी परे पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ। चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। मेहनत गर्दा केही प्रतिफल पाइनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ। जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आयवर्द्धक काम प्रारम्भ गर्न सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा हौसला मिल्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...

    मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

    काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको...