News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्यो

    हिमाली संचार संवाददाता
    ५५३ पटक

    काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो ।

    उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो ।

    मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो ।

    चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

    धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ ।

    हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महीनाको समय दिएको बताए ।

    क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ ।

    दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेशिनको साथमा राति रन्वे बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा विमान स्थल बन्द हुनेछ ।

    धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम सुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करीब १८ महीना लाग्नेछ ।

    यसैबीच पर्यटनमन्त्री अधिकारीले धावनमार्ग स्तरोन्नतिको काम जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् ।

    देशकै गरिमासँग जोडिएको विमानस्थलको स्तरोन्नतिपछि विमानस्थलको चाप न्यूनीकरण तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...