News Portal

पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति : उपराष्ट्रपति पुन

हिमाली संचार संवाददाता
४८० पटक

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरे ।

‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवम् वरिष्ठ मानवअधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नज्यूको निधले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधरण जीवनशैली अपनाउनुभएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताए । ‘पद्यरत्नज्यूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेष गरी पञ्चायत विरुद्धको संघर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्तिप्रक्रियाका लागि उहाँले पु¥याउनुभएको योगदान सगरमाथा जस्तो उच्च छ,’ उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नज्यूले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु ।’

उपराष्ट्रपतिले पद्यरत्न तुलाधरको भौतिक रुपमा निधन भए पनि सदा सदाका लागि बाँचिरहने बताए । ‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ उ अमर रहन्छ,’ उनले भने, ‘पद्यरत्नज्यू भौतिक रुपमा त हामीबाट विदा हुनुभयो तर राष्ट्रका लागि उच्च योगदान दिएर विदा हुनुभएकोले उहाँ सदा सदाका लागि बाँचिरहनु हुनेछ ।’

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...