News Portal

फेब्रअरी २९ मा नेपाली चलचित्र “चित्रा” कुवेतको खैतानमा प्रदर्शन हुदै

हिमालीसंचार संवाददाता
५२७ पटक

खैतान, कुवेत। यहीँ फेब्रअरी २९ तारिखदेखी नेपाली कथानक चलचित्र “चित्रा” कुवेतको खैतानस्थित ओजन सिनेमा हलमा प्रदर्शन हुदैछ।

बाबु छोरीको कथामा आधारित चलचित्र “चित्रा” चर्चित निर्देशक घनश्याम लम्शालद्वारा निर्देशित नेपाली चलचित्र हो।

यस चलचित्रमा कलाकारहरु सन्तोष अधिकारी, अर्पन थापा, मेनुका प्रधानलगायत अन्य प्रख्यात कलाकारहरुद्वारा अभिनित चलचित्र “चित्रा” कुवेतसहित बिश्वका बिभिन्न देशहरुमा प्रदर्शनमा आईरहेको छ।

कुवेतमा यो चलचित्र नेपाल परोपकार समाजले भित्र्याएको हो। यो चलचित्र फेब्रअरी २९ तारिखदेखी एक हप्तासम्म चल्ने कुवेतस्थित उक्त चलचित्रका व्यवस्थापक धिरेन सुवेदीले हिमाली संचारसँगको कुराकानीमा बताए।

सुवेदीले उक्त दिन कुवेतस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई चलचित्र “चित्रा” हेर्नको लागि अपिल गरेका छन्।

सम्पर्कका लागि:
धिरेन सुवेदी – ६६१९११७३(66191173)
टिकट दर –    २.५ केडी


प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...