News Portal

हंगेरीकी राष्ट्रपतिले टीभी लाइभमा आएर दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
२८० पटक

हंगेरी। हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्।

गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो।

उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टीभीमा लाइभ आउँदै आफ्नो निर्णयप्रति पछुतो मान्दै यो माफी दिनु आफ्नो ठूलो गल्ती बताएकी हुन्।

माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन्।

गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेका थिए।

गत हप्ता यी २५ कैदीको नाम सार्वजनिक गरिएको थियो। ती मध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको सजाय सुनाइएको थियो।

उनले बालआश्रय केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए। यस मुद्दामा निर्देशकलाई पनि ८ वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...