News Portal

कास्की पोखराकी कवि भण्डारी काठमाडौमा सम्मानित

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाण्डौ। मिलन चौतारीका हामी छात्राहरूले आज शनिबार बिहान् कविता वाचन र सम्मान कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पोखराको सप्तरङ्गी साहित्य समाजकि अध्यक्ष चर्चित लेखिका, गायिका कवि अम्बिका भण्डारीलाई काठमाडौको मोडर्न कन्या कलेजको प्राङ्गणमा सम्मान गरिएको थियो।

सो कार्यक्रमका प्रमुख अतिथि विद्वान डाक्टर रामप्रसाद दाहालले उनलाई सम्मान गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व चर्चित गायिका अन्जु गौतमले गर्नु भएको थियो। कार्यक्रमको सन्चालन आयोजक संस्थाकी सचिव शर्मिला कार्कीले गरेकी थिइन। कार्यक्रममा विभिन्न कविहरु र छात्रा कवि साथीहरुले कविता वाचन गरेका थिए।

अतिथि कविका रुपमा उर्मिला सुवेदी, कृष्ण अधिकारीलगायतले कविता वाचन गरेको सो कार्यक्रममा छात्राहरू एलिसा थापा, शर्मिला कार्की, जमुना बस्नेत, अनुपा भुजेल, रचना चौधरीलगायतले समसामयिक कविता वाचन गरेका थिए।

कार्यक्रममा उपस्थित अतिथि कवि र सन्मानित व्यक्ति र बक्ताहरुले छात्राहरूको सक्रियता र मोडर्न कन्या कलेजको मेहनत र योगदानलाई उच्च प्रशम्सा गरेका थिए।

कार्यक्रमको अन्त्यमा अम्बिका भण्डारी र अन्जु गौतमले मिठो मिठो लोकगीत गाउनु भएको थियो। आफू पोखरामा बसिरहेकोलाई बोलाएर, सम्झना गरेर यस किसिमको सम्मान गरेकोमा आदरणीय रास्ट्रीय ब्यक्तित्व डा.रामप्रसाद दाहाल, मिलन चौतारी परिवार र मोडर्न कन्या कलेज परिवारलाई खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो। त्यसपछि आमाको महत्त्वको झल्काएर कविता र गीत प्रस्तुत गर्नुभएको थियोे।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...