News Portal

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

हिमाली संचार संवाददाता
६७३ पटक

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।

तालिवान समूहका आस्थाका धरोहर मानिदै आएका ८० बर्षीय समी उल–हकलाई शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उहाँकै गृहनगर आकोडा खट्टक मा इश्लामिक धार्मिक संस्कार अनुसार अन्त्येटि गरिएको थियो ।

तालिवान धर्मगुरू समी उल–हकको अन्त्येष्टि समारोहमा उनका हजारौँ अनुयायीहरूको सहभागिता रहेको थियो भने दर्जनौ प्रहरीले अन्त्येष्टि समारोहका क्रममा सुरक्षा प्रदान गरेका प्रत्यक्षदर्शीसमेत रहेका एएफपी संवाददाताले बताए ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा सम्लग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उनकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।

यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र (उमाह)हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

समी उल–हकको अफगानी तालिवानसँग कुनै सम्लग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो, पाकिस्तानी विश्लेषक रमीमुल्लाह यूसुफजाईले एएफपीसँग बताए । तालिवानका कैयौँ नेता तथा लडाकूले धर्मगुरू समी उल–हकको मदरसा पाठशालामा अध्ययन गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उनको मृत्युले प्रभाव नपार्ने बताएका छन् ।

अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् ।

समी उल–हकले पाकिस्तानी संसदमा दुई पटकसम्म प्रतिनिधित्व गरेका थिए । पाकिस्तानको सत्ताधारी दल तेहरिक–ए–इन्साफको धर्मगुरू समी उल–हकको दल (जेयूआइ–एस)सँग गठबन्धन रहेको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...