News Portal

  • युएईको दुबैई शहरमा पनि मनाइयो भक्का दिवस

    रामप्रसाद ढुंगेल, युएई
    २८१ पटक

    माघ-५ गते शुक्रबार/युएई – युएईको शहर दुबईमा कोच राजबंशी समाज युएईको आयोजनामा सातौं राष्ट्रिय भाक्का दिवस मनाइएको छ। दुबईको समुन्द्रमा तातो तातो भाक्का बनाउदै क्रुजमा गत आइतबार भब्यरुपमा मनाइएको हो   

    कार्यक्रममा प्रमुख अतिथि सैजुको हातबाट दीप प्रज्ज्वलन गरी कार्यक्रम समुउद्घाटन गरी शुरु गरिएको थियो । ‘सातौं राष्ट्रिय भाक्का’दिवसको उपलक्ष्यमा राजबंशीहरुको राष्ट्रिय परिकार भाक्का क्रुजमा नै पुनम राजबंशी, सबिना राजबंशी, ममता राजबंशीले उपस्थित सबैलाई तातो तातो भाक्का बनाउदै साथमा अरु पनि विभिन्न  भाक्कामा खान मिल्ने  परिकारहरु माछाको ग्रेभी, धनिया खोर्शानीको अचार गरि बनाई  साथ साथै भेज र ननभेज परिकारहरुको राम्रो प्रबन्ध गरिएको थियो ।

    आयोजित कार्यक्रममा प्रमुख गायक आरके राजवंशी थिए भने कार्यक्रममा पुनम राजबंशी, मेनुका राजबंशीले, सबिना राजबंशी, ममता राजबंशीहरुले  राजबंशी संगीतमा नित्य गरेर कार्यक्रममा रौनक बढाएका थिए साथै अधिकतम राजबंशी समुदायको मौलिकता झल्किने भेष भुषा केटाहरुले धुती गन्जी र महिलाहरुले पेटानी कामर कोष साथै गरगहना लगाएका थिए। कार्यक्रम बेलुका ४ बजेदेखि ७ बजेसम्म राखिएको थिए भने ११० भन्दा बढीको सहभागीता रहेको थियो ।

    कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न फिस्टेल ट्राभल्स एण्ड टुरिजमले आर्थिक सहयोग गरेको थियो, भने ममता राजवंशी, फाल्टु राजवंशी, पुनम राजवंशी, सरस्ती राजवंशी, सबिना राजवंशी, मेनुका राजवंशी, समिर श्रेष्ठ, जीवन तिमिल्सिना, अमित आडि, अमृत राजबंशी सीता राजवंशी, कमल राजबंशी, अनुरोध राजवंशी, प्रेम राजवंशी, प्रकाश राजवंशी, निशा राजवंशी र हरेस राजवंशीले विशेष साथ सहयोग गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसी युएई उपाध्यक्ष मनोज कुमार सैजु, बिशिष्ट अतिथि, मंगोल समाज युएईका अध्यक्ष अमर धिमाल, थारु कल्याणकारी सभा महिला विभाग प्रमुख जानकी महतो, मनोज कुमार राजवंशी, जनप्रतिशिल मन्च युएई अध्यक्ष एवम् एनआरएनएका सल्लाहकार सदस्य बाबुराम बिक रहेका थिए ।

    कार्यक्रम भरत राजबंशीको सभाअध्यक्षतामा गरिएको थियो भने संचालन र सम्पन्न कोच राजवंशी समाज युएईका सचिव कविराज राजवंशीले गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...