News Portal

  • नेपाली कथानक गीतिचलचित्र सार्वजनिक

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    काठमाण्डौ। नेपाली इतिहासमा दोश्रो गीतिचलचित्र भाग्य नेपाली कथानक चलचित्रको निमित्त २०७६ साल जेष्ठ १ गते नेपाल सरकार केन्द्रिय चलचित्र जाँच पास समितिबाट पास भएको थियो। चलचित्र जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा  निर्माण भएको हो। प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग) को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकियो। लगभग चार बर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनीपछि युटुवमा सार्वजनिक भएको छ।

    सम्पूर्ण अभिनय र पूर्ण कथा चलचित्र सुरु हुँदादेखि अन्तसम्म गीत कै माध्यमबाट बिना वार्तालाप अभिनयको माध्यमबाट दर्शन स्रोतालाई मनोरञ्जन दिइएको छ। नेपाली चलचित्र जगत अहिलेसम्म नेपाली कथानक गीति चलचित्र डा. भोला रिजालबाट लेखिएको गौंथली (खण्ड काव्यमा आधारित) नेपाली कथानक चलचित्र पहिलो गीति चलचित्र हो भने भाग्य (गीतिकवितामा आधारित) नेपाली कथानक गीति चलचित्र नेपाली इतिहासकै दोश्रो गीति चलचित्र बन्न सफल भएको छ। चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक / गायिकाहरूको स्वर रहेको छ। बोलीचालीमा गरिने अभिनयभन्दा फरक नयाँ प्रयोग अनि वार्तालाप बिना कुराकानी नभै गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु फिल्मको मुख्य उदेश्य रहेको छ। चन्द्र निगाहपुर स्थित ब्रोसिस डिजिटल सिनेमा हलमा २०७६ जेष्ठ १५ गतेबाट पहिलो प्रदर्शनी र काठमाडौंमा २०८० हालसालै प्रदर्शनी गरिएको थियो।

    चलचित्रमा सुरज गराच, नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के.सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के.सी, असिम शेर्पा,अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, मनिषा श्रेष्ठ र रोशन कुमार आदिको अभिनय रहेको छ।

    चलचित्र हेर्ने दर्शकहरूको प्रतिक्रिया अनुसार चन्द्रनिगाहपुर र नाच घर जमलमा प्रदर्शनी भएको उक्त चलचित्र हेर्ने दर्शकहरूको प्रतिक्रिया अनुसार  अहिलेसम्म नै यस्तो चलचित्र नबनेको र सायदै यस्तो चलचित्र बन्न मुस्किल नै हुने प्रतिक्रिया आम दर्शनहरूले व्यक्त गरिएको थियो। संगीतकारको सङ्गीत, लेखकको लेखन शैली, निर्देशकको निर्देशन, कलाकारहरूको उत्कृष्ट अभिनय र फिल्ममा जोडिएका सम्पूर्ण व्यक्तिहरूको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको छ। भाग्य गीतिचलचित्रको शुभ मुर्हत समारोह २०७३ साउन ३२ गते भएको थियो।

    प्रतिकृया दिनुहोस्

    धरानमा भइरहेको दोस्रो दिन धरान मेघा, आइएसए नेपाल, झापा र इमोर्टल क्लव विजयी (फोटो फिचर)

    बैशाख-३०, आइतबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवारदेखि सुरु भएको...

    कुवेतमा संयुक्त रुपमा तीन किराती संस्थाद्वारा उभौली चाड साकेला मनाउदै

    कुवेत सिटी – “भाषा, संस्कार, सांस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उद्धघाटन खेलमा व्रदस क्लव विजयी

    बैशाख-२९, शनिबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा धरानमा शनिवारदेखि सुरु...

    प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा.केसीले सुरु गरे अनशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेका...

    अमेरिका-क्यानाडा पठाइदिने प्रलोभनमा साढे ५ करोड ठग्ने गिरोह पक्राउ

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानाडा पठाइदिने प्रलोभन देखाइ...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal