News Portal

काठमाडौंका खाल्डाखुल्डी दुई महिनाभित्र पुरिसक्न सरकारक निर्देशन

हिमाली संचार संवाददाता
४७२ पटक

काठमाडौं– सरकारले काठमाडौंको सडकको खाल्डो दुईमहिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौंस्थित सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो ।

काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए/नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ । सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताए ।

गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । आजको बैठकमा त्यसयताको कामको समिक्षा पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...