News Portal

नेपाली काङ्ग्रेसको चियापान, १ लाख जनालाई निमन्त्रणा

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । विगत पाँच वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

चियापानमा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ ।

चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए ।

काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...