News Portal

  • झापाली समाज युएईको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता/शेषराज न्यौपाने
    २४० पटक

    पौष-९,सोमबार/युएइ – झापाली समाज युएईको आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ।

    सन् २०१५ मा स्थापना भएको समाजले हरेक बर्ष झै यस वर्ष पनि भव्य र सव्य तरिकाले आफ्ना सदस्य तथा युएईमा कार्यरत नेपालीहरुलाई भेला गरी दुबईको मदिना पार्कमा करिब ४ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ। 

    आयोजित कार्यक्रममा युएईमा कार्यरत विभिन्न ब्याक्तित्वको उपस्थिति रहेको थियो। युएईका सामाजिक अभियान्ता तथा टिकटकमा भाईरल रहेका फुलेबुडा भनेर चिनिने नवराज पाण्डेको समेत उपस्थितिले बनभोजलाई थप मनोरञ्जनमुलक बनाएको थियो ।

    आयोजित बनभोज कार्यक्रम बिहान ११ बजेबाट औपचारिक रुपमा समाजका माहसचिव लोकेस कोईरालाबाट संचालन गरिएको थियो । बनभोज कार्यक्रममा कार्यक्रमका संयोजक रामकुमार राउतको सभापतित्वमा संचालन भएको थियो भने प्रमुख अतिथिका नेपाली समजका अध्यक्ष वेदप्रसाद अर्याल उपस्थित भएर युएईका सक्रिय सामाजिक संस्थाका रूपमा झापाली समाज युएई रहेको र झापाली समाज युएईका पदाधिकारीहरुले सकारात्मक भुमिका निर्वाह गरेको आफ्नो मन्तव्यको क्रममा बताएका थिए ।

    नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद  सापकोटाको विशेष उपस्थितिमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो। झापाली समाज युएईका पुर्वअध्यक्ष अशोक चापागाईं त्यस्तै अतिथीहरु झापाली समाज युएईका अध्यक्ष अमर राई, झापाली समाजका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, नेपाल पत्रकार माहासंघ युएईका अध्यक्ष मेघराज सापकोटा, एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, झापाली समाज युएईका अबुधाबी, अलएन, सारजा, राक, क्षेत्रका अध्यक्ष तथा पदाधिकारी तथा आजीवन सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा लिला बिमलीबाट स्वागत मन्तब्य राखिएको थियो भने समाजको गतिविधिहरुको बारेमा प्रस्ट्याउदै समाजका पुर्वअध्यक्ष तथा विशेष अतिथि अशोक चापागाईंले आफ्ना मन्तब्य राख्नु भएको थियो। प्रमुख अतिथिबाट छोटो मीठो मन्तब्य राख्दै सभापति तथा समाजका अध्यक्ष अमर राईले बनभोज कार्यक्रमको औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो।

    अनौपचारिक कार्यक्रमहरुमा विभिन्न खेलकुद लगायत नाचगान कार्यक्रम गरिएको थियो । नाचगान तथा भालेजुधाइ, म्युजिकल चियर जस्ता खेलहरु आयोजना गरेर उपस्थित सबैले रमाइलो गरेका थिए । विभिन्न खेलहरुमा बिजेताहरुलाई हिमाल रेमिटको तर्फबाट पुरस्कार सौजन्य गरिएको थियो । झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, अबुधाबीमा भर्खरै संचालित बेस्ट बर्गर टाउन (बिबिटी) रेस्टुरेन्टको तर्फबाट पनि पुरस्कार सौजन्य गरिएको थियो । 

    कार्यक्रममा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेलको जन्मदिन परेका कारण अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अग्रसरतामा सम्मान तथा  उपहार प्रदान गरिनुका साथै दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो। 

    उक्त आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज युएईका उपाध्यक्ष तथा ताप्लेजुङ सेवा समाजका पुर्वअध्यक्ष सोनी भण्डारी, इन्सका पदाधिकारीहरु भवानी नेपाल, बिष्णु प्याकुरेल, भुपेन्द्र आचार्य कान्छौ सहभागी भएर कविता, मुक्तक वाचन समेत गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...