News Portal

भाजपा प्रदेश सचिव परिहारको गोली हानी हत्या !

हिमाली संचार संवाददाता
१००९ पटक

भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ ।

बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।

गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । तर बिजेपीको जम्मु–काश्मिर अध्यक्ष रवीन्द्र रैनाले गोली हान्ने आतंककारी भएको दाबी गरेका छन् । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...