आज : २०२६-०६-०८, सोमबार

म फेरि हार्न तयार छु

तिमी भन्छाै भने म फेरि हार्न तयार छु।
फर्किएर आउ तिमीलाई स्विकार्न तयार छु।

म दुखि हुँ दुखमै रमाउला दुख मेराे साथि हाे।
मेरा हर खुसी तिमीमा पार्न तयार छु।।।।।

मायामा परेकाले भन्छन् हर कुरा सम्भव छ।
हाे म पनि तिम्रा लागि तारा झार्न तयार छु।।

कुरा काट्नेले भन्छन् खेर जाँदै छ तेराे जीवन।
तिमी आउ तिमीसँगै जीवन सपार्न तयार छु।।

मेरा हर खुसी तिमीमा पार्न तयार छु।।।।।
फर्किएर आउ तिमीलाई स्विकार्न तयार छु।

सुजन कडेल
धादिङ।