News Portal

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

हिमाली संचार संवाददाता
६६४ पटक

काठमाडौं : वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  ।

चालु आर्थिक बर्षको तीन महिनामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु नेपाल भित्रिएको हो । यो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँको मात्र  स्वदेशी वस्तु बाहिरिएको छ ।

आयात निर्यातको अनुपातमा तालमेल हुन नसक्दा हरेक दिन देशले झण्डै ४ अर्बको ब्यापार घाटा बेहोर्ने गरेको छ । तीन महिनाको  औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार  देशले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । यो क्रम हरेक बर्ष बढ्दै गएको छ ।

आधा भन्दा बढी घाटा त छिमेकी देश भारतसँग मात्रै हुने गरेको छ । यो तीन महिनामा पनि ६३.२ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ । चीन, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, साउदी अरबलगायतका देशसँग नेपालको व्यापार घाटामा छ ।

असोज महिनामा ४० अर्ब २९ करोड राजस्व संकलन, सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट उठ्यो

बढी राजस्वमुखी भएको आरोप लाग्दै आएको बर्तामान सरकारले तीन महिनामै १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

असोज एक महिनामा मात्रै ४० अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । सरकारले यो महिनामा लक्ष्यको १३७.२४ प्रतिशत राजस्व संकलन गरेको हो । यो भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्त शुल्क र पुर्वाधार करसमेतको रकम हो । असोज महिनामा ५७ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि रसुवा भन्सार विभागले ४ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ ।

यो अवधिमा यस कार्यालयबाट २ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागका निर्देशक विनोद शरण आचार्यले जनाए । वीरगंज भन्सार कार्यालयले एक महिनामा १६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको १३५.८१ प्रतिशत हो ।

असोज महिनामा कुन भन्सार कार्यालयबाट कति राजस्व उठ्यो ?

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...