आज : २०२६-०६-०५, शुक्रबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

मंसिर-२९ शुक्रबार/काठमाडौ – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।